Skip This
अफ्रिकी देशहरूमा खाद्य सुरक्षाका लागि १० अर्ब डलर सहयोग
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १२ बिहीबार
  • Tuesday, 13 May, 2025
रासस डाकार
२o७९ माघ १२ बिहीबार १२:४४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अफ्रिकी देशहरूमा खाद्य सुरक्षाका लागि १० अर्ब डलर सहयोग

Read Time : < 1 मिनेट
रासस, डाकार
नयाँ पत्रिका
२o७९ माघ १२ बिहीबार १२:४४:oo

अफ्रिकी विकास बैंकले अफ्रिकी देशहरूमा खाद्य सुरक्षाको प्रयोजनका लागि आर्थिक सहयोग गर्ने भएको छ । सो सहयोगको रकमबाट अफ्रिकाका देशहरूमा खाद्य सुरक्षाका लागि आवश्यक कार्यक्रम तथा आयोजनाहरू सञ्चालन गरिने बताइएको छ ।

अफ्रिकी विकास बैंकका अध्यक्ष अकिनुवी अकेसिनाका अनुसार अफ्रिकी देशहरूमा कृषिको विकास तथा यससम्बन्धी आयोजनाहरूको सञ्चालनका साथै यसका माध्यमबाट त्यहाँ खाद्यान्नको सुरक्षा गर्ने विषयमा तत्कालका लागि १० अर्ब अमेरिकी डलरबराबरको सहयोग दिन लागिएको हो ।

डाकार खाद्य सुरक्षासम्बन्धी दोस्रो सम्मेलनका क्रममा बुधबार अध्यक्ष अदेसिनाले सो घोषणा गरेका हुन् । उनले भनेका थिए कि सो रकम ती देशहरूलाई उपलब्ध गराउने प्रत्यक्ष सहयोग हो र त्यसबाट खाद्यान्न खरिद गर्नुका साथै कृषिका आयोजनाहरू सञ्चालन गर्न प्रयोग गर्न सकिनेछ ।

सो सम्मेलनलाई सम्बोधन गर्दै उनले भनेका थिए, ‘अफ्रिकी देशहरू अहिले पनि आफ्ना उत्पादनहरूको निर्यातको सट्टा खाद्यान्नको आयातमा निर्भर हुनु परिरहेको छ र यो ठूलो दुर्भाग्य हो ।’

अहिले पनि विश्वको खेतीयोग्य जमिनको ठूलो हिस्सा अफ्रिकी देशहरूमा पर्ने, तर यहाँका नागरिक भोकै सुत्नुपर्ने अवस्था रहेको भन्दै उनले सबै देशहरूलाई उत्पादनका क्षेत्रमा लाग्न आग्रह गरे ।

डाकारमा बुधबार सुरु भएको सो सम्मेलन यही शुक्रबारसम्म सञ्चालन हुनेछ । सो सम्मेलनमा अफ्रिकामा खाद्यान्नको सहयोगभन्दा पनि उत्पादनका लागि के–कसरी तयारी गर्ने भन्नेबारेमा छलफल हुने बताइएको छ ।