मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका कञ्चनपुर
२०७९ माघ ११ बुधबार ०७:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

१५ वर्षीया बालिकाले बच्चा जन्माइन्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कञ्चनपुर
२०७९ माघ ११ बुधबार ०७:२५:००

बेलौरी नगरपालिकाकी– १५ एक बालिकाले बच्चा जन्माएकी छिन् । बेलौरी नगरपालिका– ८ कञ्चनपुरकी बालिकाले ३ माघमा घरमै बच्चा जन्माएपछि घटना बाहिरिएको हो । उनीबाट छोरा जन्मिएको छ । त्यसवेला परिवारले बुहारीको छोरा जन्मिएको भन्दै गाउँघरमा हल्ला चलाएका थिए । सामाजिक बेइज्जतीका डरले बालिकाले यौन सम्बन्धबारे कसैलाई बताएकी थिइनन् । 

दानबहादुर भण्डारी, इन्चार्ज इलाका प्रहरी कार्यालय बेलौरी 

बालिकाले हामीसँगको बयानमा भिनाजु नाता पर्ने युवकको बच्चा हो भनेकी छिन् । पीडित परिवारले जाहेरी दिएका छन् । आरोपीको खोजी भइरहेको छ ।
 

नाबालिका त्यसमा पनि अविवाहितले बच्चा जन्माएपछि उनी बलात्कृत भएको आशंका गरिएको छ । मुलुकी अपराधसंहिताअनुरूप कुनै पनि बालिकाको उमेर नपुगेको अवस्थामा उसको सहमति लिएर पनि यौन सम्पर्क गर्न नपाइने भए पनि त्यसविरुद्ध ती बालिकालाई गर्भधारण गराउने कार्य स्वतः बलात्कार ठहरिने कानुन व्यवसायीको भनाइ छ । 

बालिकाका परिवारले भने घटना लुकाउन खोजेका छन् । तर, स्थानीयले घटना रहस्यमय भएकाले छानबिन गरेर दोषीमाथि कारबाहीको माग अघि सारेका छन् । गत वैशाखमा ती बालिकाका भिनाजु नाता पर्ने भारतको बरेलीका दयाराम गुप्तासँग भाग्ने क्रममा उनलाई रोकिएको थियो । उमेर नपुगेपछि बालिकालाई परिवारको जिम्मा लगाइएको थियो । गर्भ रहेको सात महिनापछि मात्रै थाहा पाएको बालिकाले प्रहरीसमक्ष बयान दिएकी छिन् । बालिका परिवारले गुप्ताविरुद्ध उजुरी दिएका छन् । 

इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी इन्चार्ज दानबहादुर भण्डारीले घटनाबारे अनुसन्धान भइरहेको बताए । ‘बालिकाले हामीसँगको बयानमा भिनाजु नाता पर्ने युवकको बच्चा हो भनेर भनेकी छिन् । पीडित परिवारले जाहेरी दिएका छन्,’ भण्डारीले भने, ‘आरोपीको खोजी भइरहेको छ ।’ प्रहरीले बालिकासँग सोधपुछ गर्ने क्रममा भिनाजु नाता पर्ने भारतीय नागरिक दयाराम गुप्ताको बच्चा भएकोे बयान दिएकी छिन् ।