Skip This
यात्रुमाथि पिसाब फेर्नेलाई कारबाही नगरेपछि एयर इन्डियालाई ४० लाख जरिवाना
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ७ शनिबार
  • Wednesday, 14 May, 2025
२o७९ माघ ७ शनिबार १६:५४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

यात्रुमाथि पिसाब फेर्नेलाई कारबाही नगरेपछि एयर इन्डियालाई ४० लाख जरिवाना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ ७ शनिबार १६:५४:oo

भारतको नागरिक उड्डयन प्राधिकरणले मदिराले मातेका एकजना यात्रीले ७२ वर्षीया महिलामाथि मध्य आकाशमा पिसाब फेरेको घटनालाई लिएर एयर इन्डियालाई करिब रु ४० लाख जरिवाना गराएको छ। 

गत नोभम्बर २६ मा न्युयोर्कबाट एयर इन्डियाको विमानमा नयाँदिल्ली आउँदा अमेरिकी ब्यांकर भारतीय नागरिक शंकर मिश्राले महिलामाथि गरेको दुर्व्यवहारविरुद्ध एयर इन्डियाले कारबाही नगरेकाले नागरिक उड्डयन प्राधिकरणले उक्त जरिवाना गरएको हो। 

नयाँदिल्ली विमानस्थलमा सामान्य यात्रुलाई झैँ अभियुक्त मिश्रालाई विनाकारबाही प्रस्थान गर्न दिइएकामा आपत्ति जनाउँदै एयर इन्डियाका उड्डयन प्रबन्धकलाई भारु तीन लाख बेग्लै जरिवाना गराइएको छ। 

त्यसैगरी, उक्त विमानका एकजना चालकलाई तीन महिनासम्म उडानमा प्रतिबन्ध लगाइएको छ। मिश्राबाट भएको उक्त निन्दनीय कार्यको भारतका साथै विश्वव्यापी रूपमा चर्को आलोचना भएको थियो।