१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o९:५६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

दुई वर्षमा पनि जडान  भएन स्मार्ट सडक बत्ती

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:५६:oo

काठमाडौं महानगरपालिकाका मुख्य–मुख्य सडकमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडानका लागि सम्झौता भएको दुई वर्ष बितिसक्दा पनि काम हुन सकेको छैन । २५ मंसिर ०७७ मा काठमाडौं महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच  सहकार्य गर्ने गरी सम्झौता भएको थियो । 

सम्झौता भएको ४५ दिनदेखि काम सुरु गर्ने भनिए पनि सुरुको एक वर्ष कोरोना महामारीका कारण काम अघि बढाउन नसकिएको महानगरको भनाइ छ । कोरोनाको त्रास कम भएपछि भने महानगरले सडक बत्तीको विद्युत् महसुल र प्राधिकरणले सम्पत्ति कर तिर्नुपर्नेजस्ता विषयमा विवाद हुँदा थप काम अघि बढ्न नसकेको हो । सहमतिअनुसार कामपा क्षेत्रभित्रका मुख्य–मुख्य सडकमा जडान गरिने आधुनिक बत्तीका लागि  महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा गरिने र लगानीकोे ६० प्रतिशत महानगरको र प्राधिकरणको ४० प्रतिशत रहने उल्लेख छ । 

महानगरको अधिकार क्षेत्रभित्र पर्ने सडकको जम्मा ६० किलोमिटर क्षेत्रमा बत्ती जडान गर्ने सम्झौता उल्लेख छ । सहमतिअनुसार पहिलो चरणमा अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँ बानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलंकी, महाराजगन्ज चोक, पुतलीसडक, शीतलनिवासलगायत क्षेत्रमा पहिलो चरणमा करिब १२ करोडको लागतमा एक हजार सात सय थान आधुनिक सडक बत्ती जडानका लागि कार्य अघि बढाउने भनिएको छ ।  

काठमाडौं महानगरपालिकाको भौतिक पूर्वाधार विभाग प्रमुख राम थापाका अनुसार स्मार्ट सडक बत्ती जडान गर्ने सहमति भए पनि कुन कम्पनीको, कति थान र कुन क्षमताको बत्ती जडान गर्ने तथा त्यसको मर्मत–सम्भार कसले गर्ने, बत्तीको महसुल कसले तिर्नेजस्ता विषय स्पष्ट नभएकाले काम अघि बढ्न नसकेको हो । ती विषयमा सम्झौता गर्न छलफल भइरहेकाले सम्झौतापछि तत्काल काम सुरु हुने प्रमुख थापाले बताए । ‘यसअघि सम्झौता हुन नसकेको विषयमा पनि सहमति भई एक हप्ताभित्र काम अघि बढ्ने तयारीमा छ,’ उनले भने । बत्ती जडानपछि बत्ती ती स्थानका फुटपाथलगायतको मर्मत विभागले गर्ने सम्झौतामा उल्लेख छ । बत्ती जडानसँगै राति सडकमा हुने दुर्घटना कम हुने र यात्रुलाई आवतजावतमा सहयोग पुग्ने विश्वास महानगरपालिकाको छ । 

ad
ad