मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १ आइतबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ १ आइतबार २१:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शान्ति समाजको सभापतिमा बराल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ १ आइतबार २१:५२:oo

मानवअधिकार तथा शान्ति समाजको केन्द्रीय सभापतिमा रामकृष्ण बराल निर्वाचित भएका छन् । 

नवलपरासी पश्चिमको भुमहीमा सम्पन्न २५औँ राष्ट्रिय परिषद् बैठकले लामो समयदेखि मानवअधिकारको प्रवर्द्धन तथा संरक्षणमा सक्रिय बराललाई सभापतिमा निर्वाचित गरेको हो । 

उनले यसअघि काठमाडौं जिल्ला सभापति, केन्द्रीय कोषाध्यक्ष र केन्द्रीय महासचिवका रूपमा एक–एक कार्यकाल पूरा गरिसकेका थिए । बागमती सफाइ अभियान, असहाय गाई–बाच्छा संरक्षण अभियान, मेरो फोहोर मेरो जिम्मेवारीलगायत अभियानमा बराल प्रत्यक्ष रूपमा जोडिएका छन् । 

समाजको वरिष्ठ उपसभापतिमा कृष्णबहादुर रावल, उपसभापतिमा राजेन्द्र पौडेल र पुष्पा मल्ल, महासचिवमा रेनुका पौडेल र कोषाध्यक्षमा किरण ढकाललाई चयन गरेको छ । 

प्रदेश १ सचिवमा लक्ष्मीनारायण मिश्र, मधेस सचिवमा अमरबहादुर गौतम, बागमती सचिवमा चन्द्रमणि बन्जारा, गण्डकी सचिवमा सीताराम तिवारी, लुम्बिनी सचिवमा सन्तोष अधिकारी क्षेत्री, कर्णाली सचिवमा प्रकाश शाही, सुदूरपश्चिम सचिवमा भक्तबहादुर विश्वकर्मा, सचिव आदिवासी–जनजातितर्फ रामप्रसाद जोशी, सचिव मधेसीमा सन्तोषकुमार रौनियार, सचिव दलितमा निर्मल नेपाली र सचिव महिलातर्फ मीना ढकाल निर्विरोध निर्वाचित भएका छन् । 

चारजना महिला सदस्यमा नम्रता खरेल काठमाडौं, फूलमाया सुनार रुपन्देही, जानुका अधिकारी नुवाकोट, मीरादेवी अधिकारी बारा छन् ।