तीन वर्ष कोराना महामारीले शिथिल हुम्लाको यारी भन्सार कार्यालयमा ४० हजार राजश्व संकलन गरेको छ। कोभिड १९ महामारी ठप्प देखिएको हुम्ला हिल्सा नाका चिनले एकतर्फी नाका खुला गरेपछि ४० हजार राजस्व संकलन भएको हो।
हिल्सा नाका चिन सरकारले एकतर्फी खुला गरेपछि यारी भान्सार कार्यालयले ४० हजार राजस्व संकलन गरेको यारी भन्सार कार्यालय हुम्लाले जानकारी दिएको छ।
एकतर्फी नाका खुलेपछि चीनबाट आउने घिउ, कपडा धुने सर्फलगायतका सामान आयत भएपछि ४० हजार बराबरको राजश्व संकलन गरेको यारी भान्सार कार्यालय हुम्लाका कार्यालय प्रमुख रामराज जैसीले जानकारी दिए।
तीन वर्षदेखि हिल्लानाका ठप्प छ। सीमाक्षेत्र बसोबास गर्दै आएका स्थानीयले चीन सरकारलाई हारगुहार गरेपछि एकतर्फी नाका सञ्चालनमा गएको नाम्खा गाउपालिका ६ वडाध्यक्ष पाल्जोर तामाङले बताए। सरकारले नाका खुलाउन कुनै पहल नगरेपछि नाम्खावासीलाई समस्या भएको वडाध्यक्ष तामाङको भनाइ छ।