मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज ५ शुक्रबार
  • Friday, 22 September, 2023
२०७९ पौष २८ बिहीबार ०६:४९:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मेसी र रोनाल्डो भिड्दै

Read Time : < 1 मिनेट
२०७९ पौष २८ बिहीबार ०६:४९:००

विश्व च्याम्पियन अर्जेन्टिनी कप्तान लियोनल मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो फरक–फरक क्लबमा आबद्ध छन् । विश्वकपको असफलता र युरोपियन क्लबसँग सम्बन्ध बिग्रिएपछि रोनाल्डो एसियन क्लब अल नासरमा आबद्ध छन् । त्यहीँ नै विश्व च्याम्पियन खेलाडी मेसी विश्वकै महँगो क्लबमध्ये एक पेरिस सेन्ट जर्मेन (पिएसजी)मा छन् । स्पेनिस ला लिगामा दुवै खेलाडी आबद्ध हुँदा धेरैपटक एकआपसमा प्रतिस्पर्धा गरे । पछिल्लो केही वर्षयता मेसी र रोनाल्डो फरक क्लबमा रहँदा एकआपसमा प्रतिस्पर्धा गर्ने अवसर पाएनन् । 

तर, अब मेसी र रोनाल्डोको समर्थक दंग परेका छन् । किनभने, वर्तमान समयकै स्टार खेलाडी एकपटक मैदानमा प्रतिस्पर्धा गर्दै छन् । साउदी अरेबिया क्लब नासरले पिएसजीविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै छ । डेढ साताअघि कीर्तिमानी रकममा नासर पुगेका रोनाल्डोले मेसीसँग प्रतिस्पर्धा गर्न पाउँदा उत्साहित बनेको नासर प्रशिक्षक रुडी गार्सियाले बताएका छन् । 

पिएसजीविरुद्धको मैत्रीपूर्ण खेलको प्रस्ताव गार्सियाले नै गरेका थिए । पिएसजी र नासरबीचको खेल १९ जनवरीमा हुनेछ । यो खेल रियादमा हुनेछ । ‘रोनाल्डोको डेब्यु अल नासरको जर्सीमा हुनेछैन,’ अल हिलाल र अल नासरको मिश्रण टोलीबाट हुनेछ,’ गार्सियाले भने, ‘प्रशिक्षकका रूपमा यस खेलबाट हामीले केही उपलब्धि पाउनेछैनौँ, तर पिएसजीका खेलाडी यहाँ हुनेछन् ।’ 

इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडसँग नोभेम्बरमा सम्झौता रद्द गरेपछि रोनाल्डो साउदी अरेबिया पुगेका हुन् । रोनाल्डोको कप्तानीमा पोर्चुगल कतार विश्वकपको क्वार्टरफाइनलबाट बाहिरियो । ‘अघिल्लो महिना युनाइटेड र राष्ट्रिय टोलीका कारण रोनाल्डोका लागि राम्रो रहेन, तर उनले राम्रो गर्ने अवसर पाउँदै छन्,’ ग्रासियाले भने ।