१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o९:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

रेसुंगा नगरपालिकाद्वारा ‘डेमो फ्लाइट’का लागि सेवाप्रवाह बन्द 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:१३:oo

गुल्मीको रेसुंगा नगरपालिकाले ‘डेमो फ्लाइट’का लागि आइतबार रेसुंगा नगरपालिकाको सेवाप्रवाह बन्द गरेको छ । रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले सार्वजनिक सूचना जारी गर्दै सेवाप्रवाह बन्द गर्ने जनाएका छन् । 

रेसुंगा नगरपालिकाकी उपमेयर अमृतादेवी कुँवरले कार्यक्रममा जनप्रतिनिधि र कर्मचारी व्यस्त हुने भएकाले सेवाप्रवाह बन्द गरिएको जानकारी दिइन् । यो विषयले सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएको छ । 

गुल्मीको सिमीचौरमा निर्माण भएको रेसुंगा विमानस्थलमा आइतबार ‘डेमो फ्लाइट’ हुँदै छ  । तारा एयरको जहाजले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रेसुंगा विमानस्थलमा उडान गर्दै छ । धुले उडान भएको चार वर्षपछि पक्की धावनमार्गमा र ‘डेमो फ्लाइट’ गरिएको रेसुंगा नगरपालिकाले जनाएको छ ।

मौसम नबिग्रिए जहाज बिहान साढे १० बजे काठमाडौंबाट उडेर ११:२० बजे रेसुंगा विमानस्थलमा अवतरण गर्नेछ । डेमो फ्लाइटमा गुल्मी– १ बाट निर्वाचित सांसद चन्द्र भण्डारी, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री, प्रदेश सांसद धनेन्द्र कार्की, रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थी, नियामक निकाय नागरिक उड्डयन प्राधिकरण (क्यान)का अधिकारीहरू सवार हुने बताइएको छ ।

ad
ad