मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २३ शनिबार
  • Thursday, 19 December, 2024
२o७९ पौष २३ शनिबार १९:५o:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

राष्ट्रिय भेट्रान्सको उपाधि एबिसी पोखरालाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष २३ शनिबार १९:५o:oo

आठौँ राष्ट्रिय भेट्रान्स कप फुटबल प्रतियोगिताको उपाधि एबिसी भेट्रान्स पोखराले जितेको छ।

हेटौँडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा शनिबार भएको फाइनल खेलमा काठमाडौंको बानेश्वर भेट्रान्सलाई ३–० गोलअन्तरले पराजित गर्दै पोखराले उपाधि उचालेको हो।

पोखराको जितका लागि नरेन्दजंग गुरुङ, कन्या सुब्बा र राजकुमार घिसिङले एक एक गोल गरे। गत संस्करणको समेत उपाधि विजेता पोखराले नगद १ लाख ११ हजार १११ रुपैयाँसहित शिल्ड र मेडल प्राप्त गरेको छ।

यस्तै, उपविजेता बनेको बानेश्वर भेट्रान्स काठमाडौंले नगद ५५ हजार ५५५ रुपैयाँसहित शिल्ड र मेडल प्राप्त गरेको छ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बनेका पोखराका राजकुमार घिसिङले नगद १५ पुरस्कार प्राप्त गरे भने पोखराका गोलरक्षक खिम गुरुङ, डिफेन्डर कन्या सुब्बा, मिडफिल्डर विजय गुरुङ, प्रशिक्षक खेमबहादुर गुरुङ तथा बानेश्वरका युवराज भुजेलले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।

हेटौँडा भेट्रान्सको आयोजनामा पुस २३ गतेबाट सुरु भएको प्रतियोगितामा देशभरका १७ टोलीको सहभागिता थियो।