Skip This
संसदीय गतिविधिलाई पहिलो प्राथमिकता दिन पार्टीका सांसदलाई ओलीको निर्देशन
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २३ शनिबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष २३ शनिबार १४:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संसदीय गतिविधिलाई पहिलो प्राथमिकता दिन पार्टीका सांसदलाई ओलीको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २३ शनिबार १४:२२:oo

एमाले अध्यक्ष केपी ओलीले संसदीय गतिविधिमा सहभागी हुने विषयलाई पहिलो प्राथमिकतामा राख्न पार्टीका नवनिर्वाचित सांसदहरुलाई निर्देशन दिएका छन्।

पार्टी संसदीय दलका नेतासमेत रहेका ओलीले पार्टी संसदीय दलको बैठक र संसदीय गतिविधिहरुलाई प्राथमिकता दिन पार्टीका सांसदहरुलाई सचेत गराएका हुन्। शनिबारबाट काठमाडौंमा सुरु भएको पार्टीका सांसदहरुको २ दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो निर्देशन दिएका हुन्र

‘कहिले कहिले नभ्याउने परिस्थिति पर्न सक्छ। तर आम रुपमा भन्ने हो भने हामी जनप्रतिनिधि हौं, हामी सांसद हौं। र, हामीले सांसदको हैसियतले गर्नुपर्ने कामलाई प्राथमिकता दिनु पर्दछ,’ ओलीले भने।