
नेपाल क्रिकेट संघ (क्यान)ले काठमाडौंमा सञ्चालन भइरहेको नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा म्याच फिक्सिङ र स्पट फिक्सिङको विषय आधारहीन भएको दाबी गरेको छ ।
आज एक विज्ञप्ति जारी गर्दै क्यानले कुनै प्रमाणहरू फेला परे क्यानलाई बुझाइदिन अनुरोध गरेको छ ।
क्यानले बुधबार जारी गरेको विज्ञप्तिमा मंगलबारदेखि म्याच फिक्सिङको विषय झनै उग्र रूपमा चलेको हुँदा यस विषयमा कुनै पनि प्रमाण भए बुझाउन अनुरोध गरिएको छ ।
क्यानले म्याच फिक्सिङ भयो भन्ने कुरा भ्रामक भएको दाबी गरेको छ । ‘म्याच फिक्सिङ भयो भन्ने हल्ला भ्रामक हो । यदि यो विषयमा कुनै प्रमाण भए क्यानलाई बुझाएर सहयोग गरिदिनुहोला,’ विज्ञप्तिमा भनिएको छ ।
क्यान र राष्ट्रको नाममा मिथ्या तथा भ्रामक सूचनाहरू नफैलाउन क्यानले अनुरोध गरेको छ ।