Skip This
मुलुक थप जटिल मोडतर्फ जान सक्छ - कमल थापा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १९ मंगलबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष १९ मंगलबार १८:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुलुक थप जटिल मोडतर्फ जान सक्छ - कमल थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष १९ मंगलबार १८:५६:oo

राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक थप जटिल मोडतर्फ जान सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। अहिलेको गठबन्धनले सबै समस्या समाधान गर्नेमा जनता विश्वस्त नभएको थापाको टिप्पणी छ। 

‘अहिले मुलुकको विद्यमान संरचनागत त्रुटिका कारण संसद्को आयु पनि पूर्णकालीन नहुनेतर्फ आशंका छ,’ थापाले भने । मुलुकको राष्ट्रियता र स्वाभिमान कमजोर बन्ने तथा विदेशी प्रभाव र हस्तक्षेप बढ्न सक्नेतर्फ राष्ट्रवादी शक्तिहरू चनाखो हुनुपर्नेमा उनको जोड थियो। 

पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने तयारीका सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै थापाले राप्रपा नेपाल आगामी दिनमा नयाँ शिराबाट नयाँ ऊर्जाका साथ अघि बढ्नेसमेत बताए। 

राप्रपा नेपालले अंगीकार गरेको मार्गचित्र मुलुकको लागि अहिले झन् आवश्यक रहेको थापाको टिप्पणी थियो। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस चियापानसहित प्रवचन गोष्ठी आयोजना गरेर भव्यतापूर्वक मनाउने निर्णय भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।