१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १७ आइतबार
  • Monday, 01 July, 2024
२o७९ पौष १७ आइतबार १५:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

भेडेटारमा सुरु भयो खाना महोत्सव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष १७ आइतबार १५:o८:oo

धनकुटाको भेडेटारमा दशाैँ खाना महोत्सव सुरु भएको छ। अंग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर होटेल एसोसिएसन भेडेटारले फुड फेस्टिभल आयोजना गरेको हो। महोत्सवको प्रदेश १ का सांसद निरन राईले उद्घाटन गरे।

महोत्सवको उद्घाटन गर्दै सांसद राईले पर्यटन प्रवर्द्धन यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। उद्घाटन कार्यक्रममा साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली, चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङ, धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राईलगायतले पर्यटन प्रवर्द्धनमा फेस्टिभलले सहयोग पुग्ने विश्वास व्यक्त गरे।

सो अवसरमा स्थानीय राई, लिम्बू, मगर, नेवारलगायत विभिन्न जातजातिले जातीय नृत्यहरू प्रस्तुत गरेका थिए। ‘भेडेटार प्रकृतिको गहना, पर्यटन भित्र्याउने हाम्रो चाहना’ भन्ने नारासहित सुरु भएको फेस्टिभलमा जातीय खानेकुराका परिकार, सांस्कृतिक कार्यक्रम, हेलिटुर, जिपलाइन तथा प्याराग्लाइडिङ मुख्य आकर्षणको रूपमा रहेका छन्।

तीन दिनसम्म सञ्चालन हुने फेस्टिभलमा स्थानीय नमस्ते झर्ना, मूलघाट, ध्वँजेडाँडा, ओख्रको भ्युटावर, नाम्जे गाउँ, साँगुरीगढीलगायतको अवलोकन गर्न सकिनेछ। फेस्टिभलमा करिब ३० हजार पर्यटक भित्र्याउने र करिब एक करोडबराबरको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।

 

ad
ad
ad
ad