१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १६ शनिबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष १६ शनिबार १५:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माधव नेपाललाई राष्ट्रपति बन्नुस् भन्ने प्रस्ताव आएको छैन : खतिवडा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष १६ शनिबार १५:४९:oo

नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव जगन्नाथ खतिवडाले पार्टी अध्यक्ष माधवकुमार नेपालसँग राष्ट्रपति बन्ने प्रताव नआएको बताएका छन्। शनिबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टीको स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। 

उनले पार्टी अध्यक्षसँग नेकपा एमालेले आधिकारीक रुपमा पार्टी एकता र राष्ट्रपति बन्ने प्रस्ताव नगरेको बताए। उनले पार्टी विलय वा एकीकरण गर्ने कुनै काम नगरेको र रुची पनि नरहेको स्पष्ट पारे। 

उपमहासचिव खतिवडाले पार्टीको सबैभन्दा धेरै रुची वाम एकतामा रहेको र अहिले पार्टी सुदृढीकरणमा जोड दिएको बताए। पार्टी एकता हुने भन्ने हल्ला निराधार रहेको पनि उनले स्पष्ट पारे।

कांग्रेसका सभापति शेरबहादुर देउवाले पहिलो पटक प्रधानमन्त्री बन्न नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नदिएपछि गठबन्धनले अर्कै मोड लिएको बताए।

उपमहासचिव खतिवडाले सरकारमा सहभागी बन्ने वा नबन्ने भन्नेबारेमा पार्टीको पोलिटब्युरोको बैठकसम्म छलफल पुग्ने बताए। एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक अहिले पनि पार्टी केन्द्रिय कार्यालयमा जारी छ।