मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष १६ शनिबार १०:४७:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

चलचित्र ‘द आउट ल’ घोषणा, फस्ट लुक पोस्टर र टिजर सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष १६ शनिबार १०:४७:००

 रेट्रो ग्रुपको व्यानरमा निर्माण गर्न लागिएको चलचित्र ‘द आउट ल’ निर्माण घोषणा गरिएको छ । निर्माण टिमले अंगेजी नयाँ वर्षको छेको पारेर यो चलचित्र निर्माण गर्ने घोषणा गरेको हो । साथै, चलचित्रको थिम टिजर र फस्टलुक पोस्टर समेत सार्वजनिक गरिएको छ ।

अभिनेता सुशील श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, विशाल पहारी, महेश त्रिपाठी, लगायतका कलाकारको मुख्य भुमिका रहने ‘द आउट ल’  पुर्ण एक्सन–थ्रिलर जनरामा निर्माण हुनेछ । विक्की महर्जनको निर्देशनमा निर्माण हुन लागेको यो चलचित्रले कानुन नमान्ने व्यक्तिको कथा बोल्नेछ ।

कोरोना महामारीपछि अभिनेता सुशीलको लागि यो कमब्याक प्रोजेक्ट बन्नेछ । सन् २०१५ मा होस्टेल रिटन्र्सबाट अभिनय करिअर सुरु गरेका सुशीलले सायद २, कारखाना र बादशाह जुटमा पनि अभिनय गरेका छन् । त्यस्तै पपुलर मोडल शिक्षालाई अहिलेसम्म कुनैपनि चलचित्रमा दर्शकले देख्न पाएका छैनन् ।

शशांक खड्का र अमित अग्रहरीको लगानीमा निर्माण हुने यस चलचित्रका कार्यकारी निर्माता विनोद कडायत हुन् । कडायत चलचित्र प्रेम गीत ३ का आर्ट डिरेक्टरसमेत हुन् । संयोगको कुरा त के छ भने, यो चलचित्र निर्माण टिममा अधिकांश फिल्म पढेका र ३० वर्ष मुनिका युवाहरु छन् ।

निर्माता शशांक खड्काले चलचित्रको छायांकनका लागि सम्पुर्ण तयारी पुरा भएको बताए । उनले जनवरी जनवरी ५ बाट निर्माण टिम फ्लोरमा निस्कने जानकारी दिए । नविन गुरुङ चलचित्रका डिओपी हुन् । २ करोड हाराहारी बजेट खर्च हुने अनुमान गरिएको यो चलचित्र आगामी वर्षको दशैंमा प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ।