१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ११ सोमबार
  • Friday, 20 September, 2024
म्याड्रिड
२o७९ पौष ११ सोमबार o८:३९:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

लेवान्डोस्कीको तीन खेलमा प्रतिबन्ध यथावत्

Read Time : < 1 मिनेट
म्याड्रिड
नयाँ पत्रिका
२o७९ पौष ११ सोमबार o८:३९:oo

स्पेनिस क्लब बार्सिलोनाका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीमाथिको तीन खेलको प्रतिबन्ध यथावत् रहेको छ । स्पेनिस ला लिगाअन्तर्गत ओसासुनाविरुद्धको खेलमा गोल गरेपछि लेवान्डोस्कीले विवादास्पद रूपमा खुसी मनाएका थिए । रेफ्रीले लेवान्डोस्कीमाथि तीन खेलमा प्रतिबन्ध लगाएका थिए । बार्सिलोनाले सो निर्णय पुनरावलोकन माग राख्दै एड्मिनिस्ट्रेटिभ कोर्ट अफ स्पोर्टस्मा अपिल गरेको थियो । 

कोर्ट अफ स्पोर्टस्ले बार्सिलोनाको अपिल खारेज गर्दै लेवान्डोस्कीलाई प्रतिबन्ध यथावत् रहने निर्णय गरेको स्पेनिस मिडियाले जनाएको छ । अब बार्सिलोनाले खेल्ने एस्पानिओर, एट्लेटिको म्याड्रिड र गेटाफेविरुद्धको खेलमा लेवान्डोस्कीको साथ नपाउने भएको छ । 

कतार विश्वकपअघि स्पेनिस लिगको अन्तिम खेलमा बार्सिलोनाले ओसासुनाविरुद्ध प्रतिस्पर्धा गरेको थियो । सो खेलमा बार्सिलोनाले जित निकाल्दा लेवान्डोस्कीले विजयोत्सव मनाएका थिए ।  चालू सिजनमा उत्कृष्ट फर्ममा रहेका लेवान्डोस्कीले १३ गोल गरेका छन् । प्रशिक्षक जाभी हर्नान्डेजले लेवान्डोस्कीको स्थानमा कुन खेलाडी राख्ने भन्ने निर्णय गरेका छैनन् ।