मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ पौष ९ शनिबार
  • Sunday, 13 July, 2025
२o७९ पौष ९ शनिबार १७:५९:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

श्रीलंकाको अर्थतन्त्रमा सुधार, फस्टाउँदै पर्यटन क्षेत्र  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष ९ शनिबार १७:५९:oo

आर्थिक अनुशासन कायम गर्न नसक्दा टाट पल्टिएको श्रीलंकाको अर्थतन्त्रमा केही सुधार देखिएको छ। बितेका २० दिनमा ५० हजारभन्दा बढी अन्तर्राष्ट्रिय पर्यटकले टापु राष्ट्रको भ्रमण गरेका छन्। 

विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत पर्यटन क्षेत्रमा भएको यो सुधार अघिल्लो महिनाको तुलनामा  अधिक भएको पर्यटन विकास प्राधिकरणले बताएको छ।

पर्यटकको औसत आगमन दुई हजार पाँच सयभन्दा बढी रहेको तथा यो वर्षको पहिलो ११ महिनामा एक हजार ९०० को हाराहारीमा रहेको प्राधिकरणले जनाएको छ। अघिल्लो वर्ष छ लाख ७८ हजार तीन सय ९२ जना अन्तर्राष्ट्रिय पर्यटकले श्रीलंका भ्रमण गरेका थिए। 

कोभिड–१९ महामारीसँगै आर्थिक एवं राजनीतिक संकटले जकडिएको देशको अर्थतन्त्रलाई माथि उकास्न गठित वर्तमान सरकारले आगामी वर्ष १५ लाख र अर्को वर्ष ३० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको पर्यटन तथा भूमिमन्त्री हरिन फर्नान्डोले बताए।