कांग्रेस कर्णाली प्रदेश सभाको संसदीय दलको नेतामा जीवनबहादुर शाही सर्वसम्वत चयन भएका छन्।
संसदीय दलको आंकाक्षी रहेका राजिवविक्रम शाह पछि हटेपछि शाही संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका हुन्।
स्वयम् शाह जीवनबहादुर शाहीको प्रस्तावक बनेका छन् भने जानकी सिंह समर्थक रहेकी छन्। हाल मुख्यमन्त्री रहेका शाहीलाई पुनः मुख्यमन्त्री हुने बाटो खुलेको छ।