१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ७ बिहीबार
  • Friday, 05 July, 2024
२o७९ पौष ७ बिहीबार १o:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

नर्भिकले ४० प्रतिशत लाभांश दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष ७ बिहीबार १o:२o:oo

 साधारण सेयरको प्राथमिक निष्कासन (आइपिओ) जारी गर्ने तयारीमा रहेको नर्भिक इन्टरनेसन हस्पिटलले ४० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । अस्पताल सञ्चालक समितिले आर्थिक वर्ष ०७८–७९ को नाफाबाट आफ्ना सेयरधनीलाई ४० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

घोषित कुल लाभांशमध्ये २० प्रतिशत बोनस सेयर र कर प्रयोजका लागि समेत गरी २० प्रतिशत नगद लाभांश रहेको जनाइएको छ । हाल नर्भिक अस्पतालको चुक्तापुँजी २२ करोड ५० लाख रुपैयाँ रहेको उल्लेख छ । सञ्चालक समितिको निर्णयअनुसार अस्पतालले चार करोड ५० लाख रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने तथा कर प्रयोजनका लागि आवश्यक सहित चख करोड ५० लाख रुपैयाँबराबरकै नगद लाभांश बाँड्ने अस्पतालले जनाएको छ । घोषित लाभांश वितरणपछि नर्भिक अस्पतालको चुक्तापुँजी २७ करोड रुपैयाँ पुग्ने जनाइएको छ । 

कम्पनीको आगामी वार्षिक साधारणसभाबाट लाभांश वितरणसम्बन्धी प्रस्ताव अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ । गत वर्ष नर्भिकले ५० प्रतिशत बोनस सेयर वितरण गरेको जनाएको छ । अस्पताल दुई वर्षअघि पब्लिक लिमिटेडमा हस्तान्तरण भइसकेको छ । आइपिओ निष्कासनको योजनासहित पब्लिक लिमिटेडमा हस्तान्तरण हुने नर्भिक अस्पताल निजी क्षेत्रबाट सञ्चालित देशकै पहिलो अस्पताल भएको दाबी गरिएको छ । 

ad
ad
ad
ad