जनमत पार्टीका अध्यक्ष सिके राउतले सरकारमा जान आफू खुला रहेको बताएका छन्।
उनले अहिले पार्टीसँग छलफल भइरहेको र आफ्ना केही माग पूरा हुने सर्तमा सरकारमा जान आफू जुनसुकै दलसँग खुला भएको बताएका हुन्।
उनले आफू सुरुदेखि नै छलफल जारी राखेको हुनाले सत्तापक्षसँग लचक भएको प्रतिक्रिया दिए। संसदमा किसान आन्दोलनका मुद्दालाई कसरी सम्बोधन गर्ने, शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका जनपक्षीय मुद्दामा सरकारले ठोस रूपमा कसरी काम गर्न सक्छ भन्ने विषयमा आफ्नो भूमिका रहने बताए ।