मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २ शनिबार
  • Tuesday, 01 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष २ शनिबार १६:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गठबन्धनकै नेतृत्वमा नयाँ सरकार बन्छ : मन्त्री कार्की 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २ शनिबार १६:३२:oo

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले गठबन्धनकाे नेतृत्वमै नयाँ सरकार बन्ने दाबी गरेका छन्। 

प्रधानमन्त्री शेरबहादुर देउवले बालुवाटारमा नवनिर्वाचित सांसद्का लागि आयोजना गरेको चियापान कार्यक्रममा मन्त्री कार्कीले सत्तागठबन्धनलाई जनताले अनुमोदन गरिसकेकोले सरकारको नेतृत्व यसैले गर्ने बताएका हुन्।
 
उनले चियापान कार्यक्रममा सहभागी कांग्रेसबाट निर्वाचित सांसदलाई संसदमा प्रभावकारी भूमिका निभाउन आग्रह गरे। उनले संसदीय दलको निर्वाचन केही दिनमै टुंगो लाग्ने बताए। 

यस्तै, निर्वाचित सांसद शेखर कोइरालाले संसदीय दलमा को लड्ने भन्ने विषय नितान्त कांग्रेसभित्रको कुरा भएको बताए।