१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १३:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

स्थानीय तहको काम पारदर्शी र जवाफदेही हुनुपर्छ : प्रधानमन्त्री देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १३:१९:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको काम कारबाही जनमुखि, पारदर्शी र नागरिकप्रति जवाफदेही हुनुपर्ने बताएका छन्। नागरिक नजिकको सरकार भएकाले पनि स्थानीय तहको कामकारबाही नागरिकप्रति नै जवाफदेही हुनुपर्ने उनको भनाइ छ।

ललितपुर महानगरपालिकाको १०४औं स्थापना दिवसको अवसरमा शनिबार ललितपुरमा आयोजित कार्यक्रममा देउवाले नेपालको संविधानले स्थानीय तहलाई विकास, निर्माण र जनसेवाको आधार स्तम्भको रुपमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेकाले सोही अनुसारको काम हुनुपर्ने उल्लेख गरे। ललितपुर महानगरपालिकाले जनताको अपेक्षाअनुसार विश्वका अन्य मुलुकमा पनि नेपाल र नेपालीको पहिचान हुने गरी काम गरेको भन्दै उनले प्रशंशासमेत गरे।

‘नेपालको संविधानले स्थानीय तहलाई विकास, निर्माण र सेवाको आधार स्तम्भको रुपमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको छ। नागरिक नजिकको सरकार भएकाले स्थानीय तहको कामकारबाही जनमुखि, पारदर्शी र परिणाममुखि, जवाफदेही हुनुपर्दछ,’ देउवाले भने।

भौतिक पूर्वाधार विकास गर्दा नागरिकको जीवनलाई सहज हुने गरी अघि बढाउन पनि स्थानीय तहका जनप्रतिनिधिहरुले मिलेर काम गर्नुपर्नेमा उनको जोड थियो।

ad
ad