मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २ शनिबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष २ शनिबार १२:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निर्यातमुखी अर्थतन्त्र विकास गर्न जरुरी छ : नेता पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २ शनिबार १२:५२:oo

नेपाली कांग्रेसका युवा नेता एवं काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का नवनिर्वाचित सांसद प्रदीप पौडेलले देशमा उत्पादनमुलक उद्योगहरु खोल्न जरुरी रहेको बताएका छन्।  शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन जरुरी रहेकोमा उनको जोड थियो। नेता पौडेलले निर्यातमुखी अर्थतन्त्र विकास भए रोजगारीको अवसर सिर्जना हुने उल्लेख गर्दै आयातमुखी अर्थतन्त्रलाई अन्त्य गरेर निर्यातमुखी अर्थतन्त्र विकास गर्न जरुरी रहेको स्पष्ट पारे।

पौडेलले आफ्नो विजयीलाई एउटा अवसरको रुपमा लिएको भन्दै आगामी दिनमा जनतासँग गरेका प्रतिबद्धताहरु पूरा गर्ने बताए। ‘हामीले जित्यौँ, दिग्विजय भयो भन्ने होइन, हामीलाई एउटा अवसर प्राप्त भएको छ। हामीले ५ वर्ष भित्र पूरा गरेर देखाउनेछौँ,’ उनले भने, ‘जिताइयो अब यसले मात्रै सबैथोक गर्छ भनेर नछोडिदिनुहोला, तपाईहरुको नै साथ चाहिन्छ।’