मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष १ शुक्रबार १६:३२:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

मानव अधिकार चलचित्र महोत्सव ३ पुसदेखि, २५ देशका ६४ फिल्म देखाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष १ शुक्रबार १६:३२:००

१०औँ संस्करणको नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव पुस ३ देखि ६ (१८–२१ डिसेम्बर)सम्म नेपाल पर्यटन बोर्डको हलमा हुने भएको छ। सामाजिक न्याय र मानव अधिकारलाई प्रश्रय गर्ने उद्देश्यले मानव अधिकार चलचित्र केन्द्रले चलचित्र महोत्सव आयोजना गर्न लागेको हो।

लाइभ सांगीतिक कार्यक्रमसहित राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महोत्सवको उद्घाटन गर्ने महोत्सवका निर्देशक पाण्डव खत्रीले जानकारी दिए। ‘जलवायु परिवर्तन र पर्यावरण न्याय’को नारासहित आयोजना हुन लागेको महोत्सवको उद्घाटनमा शान्ता नेपाली निर्देशित वृत्तचित्र ‘क्लाइमिङ ट्याम्पेचर्स, टप अफ द वर्ल्ड’ देखाइनेछ। 

महोत्सवको समापन समारोहमा दीपक रौनियार निर्देशित सर्ट फिल्म ‘फोर नाइट्स’ प्रदर्शन गरिनेछ। विश्वभरिबाट खुला आवेदनबाट संकलन गरिएका कथानक चलचित्र, वृत्तचित्र, एनिमेसनलगायत नेपालसहित २५ देशका ६४ चलचित्रहरू महोत्सवमा देखाइने आयोजकले जनाएको छ।

यस वर्ष महोत्सवमा नेपालबाट निर्देशक अभिनाशविक्रम शाह, भारतबाट लेखक तथा निर्देशक अनिर्वाण भट्टाचार्य, कोरियाबाट मानव अधिकार अभियन्ता तथा महोत्सव निर्देशक सु–ली दिलबर र इजरायलबाट लेखक तथा निर्देशक ओश्रा स्वार्ज रेम जुरीको रूपमा रहनेछन्।