१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार ११:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

प्राइम बैंकको स्वतन्त्र सञ्चालकमा चित्रकार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:३४:oo

 प्राइम बैंकको स्वतन्त्र सञ्चालकमा प्रा.डा. तारादेवी चित्रकार नियुक्त भएकी छिन् । बैंकको सञ्चालक समितिको बिहीबार बसेको बैठकले चित्रकारलाई सञ्चालक पदमा नियुक्त गरेको हो । 

प्रा.डा. चित्रकारले व्यवस्थापन विषयअन्तर्गत उत्पादनमूलक प्रतिष्ठानको सन्दर्भमा नेपालमा निजीकरणको समीक्षा विषयमा विद्यावारिधि गरी नेपाल विद्याभूषण ‘क’बाट विभूषित भएको बैंकले जनाएको छ । उनले त्रिभुवन विश्वविद्यालयअन्तर्गत पब्लिक युथ क्याम्पसमा लामो समयदेखि व्यवस्थापन संकायमा रही बैंक तथा वित्तीय क्षेत्र, स्टक बजार, लेखा विषयमा प्राध्यापन गरिरहेको जनाइएको छ । 

८.९५ प्रतिशत लाभांश प्रस्ताव
बिहीबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई लाभांश वितरणको प्रस्ताव पनि गरेको छ । बैठकले बैंकको आव ०७८/७९ को मुनाफाबाट कुल एक अर्ब ६६ करोड ९७ लाख ४० हजार रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 
लाभांशमा ४ प्रतिशत बोनस सेयर र ४ दशमलव ९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको बैंकले जनाएको छ । प्रस्तावित बोनस सेयर र नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति र बैंकको वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुन्छ । 

ad
ad