१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २८ बुधबार
  • Wednesday, 26 June, 2024
तिवारी यादव वीरगन्ज
२o७९ मङ्सिर २८ बुधबार १८:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

खाद्य व्यवस्था तथा व्यापार कम्पनी पर्सामा तालाबन्दी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर २८ बुधबार १८:४४:oo

सरकारले समर्थन मूल्यअनुसार धान नकिनेको भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी पर्सामा किसानले तालाबन्दी गरेका छन्। 

समर्थन मूल्य तोकेको डेढ महिना बितिसक्दा पनि सरकारले धान नकिनेका कारण बाध्य भएर किसानले तालाबन्दी गरेका हुन्। 

धान खरिदको जिम्मा पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद नगरेका कारण नेपाल किसान महासंघ पर्सा र अखिल नेपाल किसान महासंघ पर्साको अगुवाइमा तालाबन्दी गरिएको छ। 

तालाबन्दीमा सहभागी भएका एमाले नेता अकलेश साहले किसानको मिहिनेतमाथि सरकारका निकाय गम्भीर नभएकाले तालाबन्दी गरिएको बताए। 

किसानको धान खरिद नगरेर सरकारले व्यापारी पोसेको उनको आरोप छ। सरकारले मोटा धानको मूल्य दुई हजार नौ सय ६७ र मध्यम धानको मूल्य तीन हजार एक सय २८ रुपैयाँ निर्धारण गरेको थियो। 

गत वर्षको भन्दा मोटा धानमा प्रतिक्विन्टल दुई सय १५ र मध्यम धानमा दुई सय २६ रुपैयाँ वृद्धि गरे पनि लागत र मुद्रास्फीतिका आधारमा किसानलाई लाभ नपुग्ने किसानको भनाइ छ। 

किसानबाट समर्थन मूल्यमा धान किन्न सरकारी निकायले एक अर्ब ३१ करोडभन्दा बढी रकम विनियोजन गरेको छ। 

सरकारले कृषि सहकारी परिचालन गरी धान खरिद गर्न ३३ करोड विनियोजन गरेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ९८ करोड ९१ लाख १८ हजार रुपैयाँ धान खरिदका लागि विनियोजन गरेको छ।

ad
ad
ad
ad