१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २८ बुधबार
  • Monday, 01 July, 2024
२o७९ मङ्सिर २८ बुधबार १२:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

स्थानीय सरकारसँग कानुन सिक्दै कालिकाका विद्यार्थी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर २८ बुधबार १२:o७:oo

कालिका मानविज्ञान माविमा स्थानीय सरकारसँग कानुनका विद्यार्थी कार्यक्रम सुरु भएको छ । मंगलबारबाट सुरु उक्त कार्यक्रममा विद्यार्थीलाई स्थानीय सरकारका कामकारबाहीबारे स्थलगत जानकारी दिन, स्थानीय योजना निर्माण तथा कानुन निर्माण प्रक्रियालाई व्यावहारिक रूपमा बुझ्नका लागि १५ दिन वडा कार्यालयहरूमा पठाइएको छ ।

लुम्बिनी प्रदेशका २४ पालिकाका ६७ वटा वडा कार्यालयमा रहेर विद्यार्थीले व्यावहारिक कानुनी अभ्यास गर्ने कार्यक्रम रहेको विद्यालयका कानुन समूहका इन्चार्ज युवराज कँडेलले बताए । उनका अनुसार  कानुन समूहमा अध्ययनरत कक्षा १२ का एक सय ६ जना विद्यार्थीले लुम्बिनी प्रदेशका नवलपरासी, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, कपिलवस्तु, प्युठान, दाङ, बाँके तथा गण्डकी प्रदेशका बाग्लुङ र नवलपुर जिल्लाका पालिकाका वडा कार्यालयमा रहेर अभ्यास गर्ने र तीन दिन स्थानीय न्यायिक समितिसँग बसेर सिक्नेछन् । 

पालिकाका वडा कार्यालयमा विद्यार्थीले वडाले प्रदान गर्ने सेवा र त्यसको प्रक्रिया, योजना निर्माण र माग प्रक्रिया, समुदाय र पालिकाको सम्बन्ध, अनुदान माग र वितरण प्रक्रिया, मेलमिलाप प्रक्रियाका साथै वडाको अवस्था र सबल पक्षबारे अध्ययन गर्नेछन्। उक्त कार्यक्रमअन्तर्गत विद्यार्थीले स्थानीय टोल समिति, महिला समूह र बाल क्लबहरूका लागि कानुनी साक्षरता कक्षा पनि सञ्चालन गर्ने कार्यक्रम निर्धारण गरिएको छ । 

कालिका मानविज्ञान माविले विद्यार्थीमा  कानुनको व्यावहारिक ज्ञान र सीप विकास गर्न वार्षिक कार्यक्रमअन्तर्गत राखेर नियमित रूपमा यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको छ । 
 

ad
ad
ad
ad