१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

हिरासतमा रहेका श्रीमानलाई ब्राउनसुगर पुर्‍याउन खोजेपछि...

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:३४:oo

दाङमा एक महिलाले हिरासतमा रहेका श्रीमानलाई ब्राउनसुगर पुर्‍याउन खोज्दा पक्राउ परेकी छिन्। जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी हिरासतमा  श्रीमानलाई फलफूलमा लुकाएर ब्राउनसुगर पुर्‍याउन खोज्दा घोराही– १५ निवासी शान्ति खड्का पक्राउ परेकी हुन्।

लागुऔषध मुद्दा चलेर अनुसन्धानका लागि हिरासतमा रहेका २२ वर्षीय श्रीमान् अशोक खड्कालाई  ब्राउनसुगर दिँदै गर्दा सोमबार पौने ९ बजेतिर प्रहरीले उनलाई पक्राउ गरेको हो। शान्तिले लगेको सामान चेक गर्ने क्रममा पाँच पुरिया ब्राउनसुगर भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजन गौतमले जानकारी दिए।

शान्तिले श्रीमानलाई हिरासतभित्रै लगिदिएको ब्राउनसुगरको तौल गर्दा एक सय २० मिलिग्राम रहेको डिएसपी गौतमले जानकारी दिए। उनका अनुसार शान्तिलाई पनि हिरासतमा राखेर अनुसन्धान थालिएको छ।

ad
ad