नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ।
सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक परिस्थिति, निर्वाचन परिणाम र नयाँ सरकार गठनबारे कुराकानी भएको थियो। उक्त भेटमा नेसपाका नेता महेन्द्रराय यादव पनि सहभागी थिए।
प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा आइसकेको छ। समानुपातिकतर्फ पनि सांसद छनोटको अन्तिम तयारी छ। दल नयाँ सरकार गठनको तयारीमा जुटेका छन्। रासस