१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २३ शुक्रबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर २३ शुक्रबार १o:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

‘पूर्वाधारको विकासमा सरकार र निर्माण व्यवसायीबीच सहकार्य आवश्यक’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर २३ शुक्रबार १o:३१:oo

सहरी विकासमन्त्री मेटमणि चौधरीले भौतिक पूर्वाधारको विकासका लागि सरकार र निर्माण व्यवसायीबीचको सहकार्य आवश्यक भएको बताएका छन् । मन्त्री चौधरीले १५औँ राष्ट्रिय निर्माण दिवसको अवसरमा सरकार र निर्माण व्यवसायी मिलेर अघि बढेमा मात्र भौतिक पूर्वाधारका ठूला योजना अघि बढ्न सक्ने बताएका हुन् ।  

नेपाल निर्माण व्यवसायी महासंघले राजधानीमा गरेको प्रभातफेरी कार्यक्रमको उद्घाटन गर्दै मन्त्री चौधरीले भौतिक पूर्वाधारको क्षेत्रमा चुनौती रहेको बताए । भौतिक पूर्वाधारको काम जनताको जनजीविका र समृद्धिसँग जोडिएको भन्दै मन्त्री चौधरीले जनताको पक्षमा समयमै गुणस्तरीय तरिकाले काम सक्न निर्माण व्यवसायीलाई सुझावसमेत दिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायी नै समृद्धिका सारथि भएको बताए । मुलुकको पूर्वाधार विकासमा सक्रिय निर्माण व्यवसायी अहिले पनि विभिन्न समस्या झेल्न बाध्य भएको उनको भनाइ थियो । उनले भने, ‘निर्माण व्यवसायीमैत्री कानुन नभएसम्म निर्माण उद्योगले गति लिन सक्दैन ।’

अब गठन हुने नयाँ सरकारबाट निर्माण व्यवसायीले निर्माण उद्योगको विकास विस्तारमा सकारात्मक परिणामको अपेक्षा गरेको उनको भनाइ थियो । महासंघका महासचिव रोशन दाहालले निर्माण दिवस देशको भौतिक समृद्धि चाहने सबैको राष्ट्रिय पर्व भएको धारणा राखेका थिए । मन्त्री चौधरीसमेत सहभागी भएको बाजागाजासहितको प्रभातफेरी दशरथ रंगशालाबाट सुरु भई त्रिपुरेश्वर, थापाथली, माइतीघर, बबरमहल हुँदै महासंघ सचिवालय अनामनगरमा टुंगिएको थियो । 

 रक्तदान कार्यक्रम 
१५औँ राष्ट्रिय निर्माण दिवसकै अवसरमा महासंघ प्रांगणमा आयोजित रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् । रक्तदातालाई नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, निवर्तमान अध्यक्ष विष्णुभाइ श्रेष्ठ, महासचिव रोशन दाहाललगायतले प्रमाणपत्र वितरण गरेका थिए । यसैबीच प्रदेश महासंघहरू तथा जिल्ला निर्माण व्यवसायी संघहरूले पनि विविध कार्यक्रम गरी १५औँ निर्माण दिवस मनाएको महासंघका प्रवक्तासमेत रहेका उपमहासचिव (नीतिगत) शिवहरि घिमिरेले बताए ।

ad
ad
ad
ad