मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ मङ्सिर २३ शुक्रबार १०:२०:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

सांस्कृतिक रूपमा जीवन्त काठमाडौं 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ मङ्सिर २३ शुक्रबार १०:२०:००

काठमाडौंलाई एसियाकै जीवन्त सांस्कृतिक केन्द्रका रूपमा विकास गर्न सम्भव छ भन्ने मलाई लाग्छ । यो निकै सुन्दर सहर हो । धेरै मानिस आनन्ददायी पल बिताउनका लागि यहाँ आउँछन् । 

म बिहारबाट हुँ । नेपालसँग हाम्रो नङ–मासुको सम्बन्ध छ । नेपालबाट बग्ने पानीले सबैभन्दा धेरै असर यही ठाउँमा गर्छ । कोसीको ठूलो बाढीले सयौँ गाउँ डुबानमा पर्छन् । हजारौँ मानिसले सबथोक गुमाउँछन् । यी पीडा मैले प्रत्यक्ष देखेको छु । 

हामी नेपाल–भारतका सीमा क्षेत्रमा पनि थुप्रै कथा खोज्न सक्छौँ । किंवदन्तीहरू जोडेर सीताको कथा बनाउन सकिन्छ । बुद्धको कथा बनाएर बाँकी विश्वलाई पनि देखाउन सकिन्छ । नेपालमा हिमालका कथाहरू राम्रो बन्न सक्छन् ।

अहिलेका फिल्ममेकरका लागि सामाजिक–राजनीतिक स्टोरी पनि राम्रो हुन सक्छ । किनकि, नेपालको राजनीति अहिले उतारचढावपूर्ण छ । सामाजिक–राजनीतिक सोच तथा मान्यता परिवर्तन भइरहेका छन् । मधेसी र हिमालीबीचको विविधता र एकता राम्रो विषय हुन सक्छ । मलाई नेपाली लेखक, थिंकर वा फिल्ममेकरले गहिराइमा पुगेर यस्ता कथा खोज्न सक्छन् भन्ने लाग्छ । भविष्यमा उनीहरूसँग मैले पनि सहकार्य गर्न सक्ने सम्भावना छ ।