१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २३ शुक्रबार
  • Sunday, 29 September, 2024
२o७९ मङ्सिर २३ शुक्रबार o६:४२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पञ्चेश्वर निर्माणमा भारत सकारात्मक : प्रधानमन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर २३ शुक्रबार o६:४२:oo

 प्रधानमन्त्री शेरबहादुर देउवाले पञ्चेश्वर जलविद्युत् आयोजना निर्माणमा भारत सकारात्मक रहेको बताएका छन् । धनगढीमा सञ्चालित १० दिने सुदूरपश्चिम महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सुदूरपश्चिमका ठूला आयोजनाहरूलाई अगाडि बढाउन सरकार लागिपरेको बताए । पश्चिम सेती, रानीजमरा र महाकाली सिँचाइ आयोजना, कञ्चनपुरमा सुक्खा बन्दरगाह निर्माण, महाकाली करिडोरजस्ता ठूला योजना सरकारले अगाडि बढाएको उनले बताए । 

भारतीय कम्पनीलाई पश्चिम सेतीको लाइसेन्स दिइएको उल्लेख गर्दै उनले यसको निर्माण अगाडि बढ्ने बताए । ‘पश्चिम सेतीको लाइसेन्स भारतीय कम्पनीलाई दिइसकिएको छ । त्यो भरपर्दो कम्पनी हो,’ उनले भने, ‘आशा छ, त्यो अगाडि बढ्नेछ ।’  

पश्चिम सेती र पञ्चेश्वर बने सुदूरपश्चिमको मात्र नभएर देशकै आर्थिक विकासमा ठूलो टेवा पुग्ने उनको भनाइ थियो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिममा लगानी भिœयाउनका लागि जग्गा, विद्युत् र सुरक्षाको वातावरण मिलाउन प्रधानमन्त्रीलाई आग्रह गरे ।