१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ मङ्सिर २१ बुधबार १०:३४:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पिएफसी इमर्जिङ कपको क्वार्टरफाइनल खेलहरू सकिए 

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर २१ बुधबार १०:३४:००

पश्चिम चितवनमा जारी ‘पिएफसी इमर्जिङ कप– २०७९’ को क्वार्टरफाइनल खेलहरू सकिएका छन् । मंगलबार सोमेश्वर माध्यमिक विद्यालय र आदिकवि भानुभक्त माध्यामिक विद्यालय विजयी भएसँगै क्वार्टरफाइनलका खेलहरू सकिएका हुन् । सोमेश्वर माध्यामिक विद्यालयले नारायणी नमुना माध्यमिक विद्यालयलाई २-१ र आदिकवि भानुभक्त माध्यमिक विद्यालयले सनराइन स्कुललाई पेनाल्टीमा ३-२ ले जित हासिल गरेको थियो । 

सोमबारको क्वार्टरफाइनल खेलमा अमर माविले चतुर्मुखी मावि शक्तिखोरलाई १–० र सोनाम जीव एकेडेमीले ब्राइटस्टार आवासीय मावि पटिहानीलाई २–० ले हराएको थियो । 

भरतपुर १४ को सुन्दरबस्ती खेलमैदानमा ‘शिक्षासँगै खेलकुद’ भन्ने नाराका साथ पटिहानी फुटबल क्लबको आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो । क्लबका अध्यक्ष पोस्टराज तिमिल्सिनाले प्रतियोगितामा चितवनका ३२ माध्यमिक विद्यालय सहभागी रहेको जानकारी दिए। 

क्लबका सचिव सुमन पौडेलका अनुसार प्रथम हुने टिमले ४० हजार, उपविजेताले २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। पौडेलका अनुसार सेमिफाइनल पुग्ने दुई टिमलाई नगद पाँच–पाँच हजारसहित अनुशासित, सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्तालाई पनि नगदसहितको पुरस्कृत गरिनेछ।