१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १ मंगलबार १o:१५:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बालबालिकामा दम राेग लाग्नुकाे कारण र उपचार विधि 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १o:१५:oo

हेल्थ टिप्स

डा. जगतजीवन घिमिरे वरिष्ठ बाल छातीरोग विशेषज्ञ कान्ति बाल अस्पताल 

बालबालिकामा लामो समय खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, सुन्दा अप्ठ्यारो मान्ने, घ्यारघ्यार हुने, छातीमा सिटी बजेजस्तो आवाज आउने, अलि ठूला (पाँच वर्षभन्दा माथिका) बालबालिकामा खेल्दा वा हिँड्दा बढी स्याँस्याँ हुनेलगायत लक्षण देखिएमा अभिभावक सचेत हुन जरुरी छ ।

यस्ता लक्षण देखिएका बालबालिकामा विभिन्न विधिबाट परीक्षण गरेर दम भए/नभएको पत्ता लगाउन सकिन्छ । एउटा परीक्षण विधि पल्मोनरी फङसन टेस्ट हो । अर्कोचाहिँ स्पाइरोमेट्री (बच्चालाई एउटा मेसिनमा सास फुक्न लगाउने) हो ।

दम भएका बालबालिकामा टेस्ट गर्दा ‘सालबुटामोल’ भन्ने औषधि दिएर पुनः फुक्न लगाउनुपर्छ । यसलाई रिभर सेभिलिटी टेस्ट पनि भन्ने गरिन्छ । सानो बच्चामा चाहिँ लक्षणका आधारमा पनि उपचार गर्नुपर्ने हुन सक्छ । किनकि, पाँच वर्षभन्दा साना बच्चाले यसरी सास फुक्न सक्दैनन् ।

उपचार विधि 
दमको डाइग्नोसिस गरेपछि श्वासप्रश्वासको विधिबाट पनि उपचार गर्नुपर्ने हुन्छ । बारम्बार मुखले खाने औषधि प्रयोग गर्दा नकारात्मक असर निम्तिन सक्ने भएकाले इनहेलरको प्रयोगले उपचार गर्नुपर्ने हुन्छ । सामान्यतया दुईथरी इनहेलरको प्रयोग हुन्छ । एकथरी इनहेलरले तुरुन्तै आराम दिन्छ, त्यसलाई रिलिभर भनिन्छ ।

र, यो बच्चालाई धेरै गाह्रो भएको अवस्थामा प्रयोग गरिन्छ । अर्को कन्ट्रोलर इनहेलर हो । यो लामो समयसम्म प्रयोग गर्नुुपर्ने हुन्छ । कन्ट्रोलर इनहेलरको प्रयोगले तीन महिना आराम भएपछि बिस्तारै बन्द गर्दा बच्चाको दम लामो समयसम्म कन्ट्रोल हुने सम्भावना धेरै हुन्छ र केही बच्चामा निको नै हुन्छ ।

बच्चामा इनहेलरको प्रयोग पेसरको माध्यमबाट गर्नुपर्ने हुन्छ । पेसर प्रयोग नगर्दा सबै औषधि घाँटीमा जम्मा हुन्छ र फोक्सोमा कम औषधि पुग्छ । जसकारण, औषधिको असर कम हुन्छ । र, रोग नियन्त्रण गर्न गाह्रो हुन्छ वा औषधिले काम नगर्न पनि सक्छ । इनहेलर प्रयोगपश्चात् घाँटी कुल्ला गर्नुपर्छ ।

ad
ad