मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ मङ्सिर १९ सोमबार ११:३८:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

‘एभरेस्ट म्यान’लाई काजकिस्तानमा अवार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ मङ्सिर १९ सोमबार ११:३८:००

कीर्तिमानी आरोही कामीरिता शेर्पाको साहसलाई देखाइएको वृत्तचित्र ‘एभरेस्ट म्यान’ले काजकिस्तानको वस्ताव फिल्म फेस्टिभलमा उत्कृष्ट वृत्तचित्रको अवार्ड जितेको छ । यस वृत्तचित्रलाई विनोद अधिकारीले निर्देशन गरेका हुन् । 

यस वृत्तचित्रमा पर्वतारोहणको सकस र जलवायु परिवर्तनका कारण हिमालमा देखिएका असरलाई देखाइएको छ । हिमालको सौन्दर्य संरक्षणमा शेर्पा समुदायले खेल्दै आएको भूमिका र जलवायु परिवर्तनका असरबाट हिमाललाई बचाउन उनीहरूले गरेको प्रयासलाई यस वृत्तचित्रमा देखाइएको छ ।

कोरोनापछि खस्किएको नेपाली पर्यटन उद्योगलाई पुनरुत्थान गर्न वृत्तचित्र सहयोगी बन्न सक्ने अधिकारीको विश्वास छ ।