मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ मङ्सिर १८ आइतबार ११:११:००
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

नाडा अटोमोबाइल एसोसिएसनका अध्यक्ष ध्रुव थापालाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ मङ्सिर १८ आइतबार ११:११:००

पेट्रोलियमबाट चल्ने सवारीसाधन आयातमा लगाइएको प्रतिबन्धविरुद्ध आन्दोलन घोषणा किन गर्नुभयो ?
विगतदेखि नै ‘अटोमोबाइल सेक्टर’माथि लक्षित गरी कडाइ गरिँदै आएको छ । सरकारले अटोमोबाइललाई विलासिताको वस्तुमा राखेको छ । जब कि यो विलासिता होइन, अत्यावश्यक बनिसकेको छ । यसको आयातले १९ खर्बभन्दा बढीको आयातको तुलनामा जम्मा एक प्रतिशतभन्दा पनि कम ‘इमप्याक्ट’ पर्ने हो । फेरि १७ अर्बको अटोमोबाइल आयातबाट राज्यले ४२ अर्बसम्मको राजस्व पाउँछ । विगतमा डलर सञ्चितिमा समस्या देखिएको समयमा हामीले पनि सरकारलाई साथ दियौँ । तर, अहिले अवस्था सुध्रिएको समयमा पनि यो प्रतिबन्ध यथावत् राखिएकाले हामी बाध्य भई आन्दोलनमा जानुपरेको हो । 

विदेशी मुद्रा सञ्चितिमा चाप परेको समयमा सरकारले गरेको यो निर्णय ठिकै होइन र ? 
तत्कालीन अवस्थामा ठिकै भए पनि अहिले अवस्था सुध्रिएको समयमा यो प्रतिबन्ध हटाइनुपथ्र्यो । किनकि, अहिले देखाइए जस्तो हाम्रो अर्थतन्त्र खराब पनि छैन र अटोमोबाइल आयातबाट डलरको कारोबारमा ठुलो इमप्याक्ट पनि पर्दैन । 

आफ्ना माग पूरा गराउन केकस्ता विरोधका कार्यक्रम गर्नुहुन्छ त ?
हामीले अहिले पहिलो चरणको आन्दोलन घोषणा गरेका छौँ । यस अवधिमा हामी सामाजिक सञ्जालमार्फत ‘क्याम्पेनिङ’ गर्छौं । आफ्ना गाडीहरूमा माग लेखिएका प्लेकार्डहरू लगाउँछौँ । आगामी बिहीबार सातै प्रदेशका डिलरहरूका प्रतिनिधिले राष्ट्र बैंकसामु धर्ना दिनुहुन्छ । केन्द्रमा माइतीघर मण्डलमा धर्ना दिन्छौँ ।