Skip This
अबको प्रधानमन्त्री पनि देउवाजी नै हो : मन्त्री चौधरी
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १५ बिहीबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर १५ बिहीबार २o:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अबको प्रधानमन्त्री पनि देउवाजी नै हो : मन्त्री चौधरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर १५ बिहीबार २o:२o:oo

सहरी विकासमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले सत्तागठबन्धनकै नेतृत्वमा नयाँ सरकार बन्ने बताएका छन्। 

उनले अब बन्ने सरकारको नेतृत्व कांग्रेसले गर्ने पनि स्पष्ट पारे। ‘सरकार निर्माण गर्ने विषयमा छलफल भइरहेको छ, पाँचदलीय गठबन्धनको नै सरकार बन्छ। सरकारको नेतृत्व र मन्त्रीहरू पनि सल्लाहमै टुंगो लगाउँछौँ,’ उनले भने। 

अब पाँच वर्षसम्म यही गठबन्धनको सरकार बन्ने भएकाले अर्को गठबन्धन नबन्ने उनले दाबी गरे। अब बन्ने सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले नै गर्ने दाबी गर्दै उनले भने, ‘अबको प्रधानमन्त्री भनेको शेरबहादुर देउवा नै हो। त्योबाहेक अरू खालको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार बनाउन सक्दैन।’ 

मन्त्री चौधरीले आगामी फागुनसम्म नयाँ सरकार गठन गरिसक्ने पनि बताए। आफ्नो दलले चुनावमा हासिल गरेको सिट संख्या अपेक्षित नभए पनि तुलनात्मक रूपमा सन्तोषजनक रहेको बताए। उनले काठमाडौं उपत्यकाभित्र देखिएको सुकुमबासी समस्या ३५ दिनभित्र हल गरिने जानकारी दिए।