१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १५ बिहीबार
  • Saturday, 05 July, 2025
२o७९ मङ्सिर १५ बिहीबार १२:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धनगढीमा ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर १५ बिहीबार १२:१९:oo

ग्रेडरले किच्दा धनगढीको पञ्चोदय माविमा कक्षा ८ मा अध्ययनरत १५ वर्षीया चेतना साउदको मृत्यु भएको छ। धनगढी– ५ हसनुपरमा निर्माणाधीन सडकको सतह मिलाउन ग्रेडर ब्याक गर्ने क्रममा किचिएर साइकलमा सवार साउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

धनगढीको तारानगर बस्ने उनी विद्यालयबाट घर जाँदै गर्दा उक्त दुर्घटना भएको बताइएको छ। ग्रेडरले ठक्कर दिँदा सामान्य घाइते भएकी चेतनालाई ब्याक गरेर मारिएको भन्दै पञ्चोदय माविमा अध्ययनरत विद्यार्थीले धनगढी बजारमा प्रदर्शन गरिरहेका छन्। ब्याक गरेर मान्छे मार्ने चालक र निर्माण कम्पनीलाई कारबाही गर्नुपर्ने उनीहरूले माग गरेका छन्।

ग्रेडरचालक विमल कुमाललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। उक्त सडक कालिका कन्स्ट्रक्सनले निर्माण गरिरहेको छ। प्रत्यक्षदर्शीका अनुसार ग्रेडर ब्याक गर्ने क्रममा ठोक्किँदा साउदलाई सामान्य चोट लागेको थियो। सामान्य चोट लागेकी बालिकालाई चालकले पुनः ब्याक गरेर जबर्जस्ती मारेको प्रत्यक्षदर्शीले बताएका छन्।