मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर १४ बुधबार
  • Tuesday, 15 July, 2025
एजेन्सी ब्रसेल्स
२o७९ मङ्सिर १४ बुधबार १८:३७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

रुसको रोक्का सम्पत्ति जफत गर्ने इयूको प्रस्ताव

Read Time : < 1 मिनेट
एजेन्सी, ब्रसेल्स
नयाँ पत्रिका
२o७९ मङ्सिर १४ बुधबार १८:३७:oo

युरोपेली आयोगले युक्रेनलाई द्वन्द्वका कारण भएको क्षतिको क्षतिपूर्ति दिन रोक्का रुसी सम्पत्ति जफत गर्ने योजना प्रस्ताव गरेको छ। 

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त रकम युक्रेनमा भएको क्षतिको क्षतिपूर्तिका लागि पठाइने बताएकी छिन्। 

उनले भनिन्, ‘हामीले रुसी केन्द्रीय बैंकको तीन सय अर्ब युरो रोक्का गरेका छौँ। साथै, रुसी कुलीन वर्गको सम्पत्ति जफत गरेका छौँ।’ अन्तर्राष्ट्रिय बजारमा बुधबार एक युरोको १.४ अमेरिकी डलरले कारोबार भएको छ।

उनले भनिन्, ‘छोटो अवधिमा, युरोपेली संघ (इयू) र यसका साझेदारहरूले कोषको व्यवस्थापन गर्न सक्दछन् र युक्रेनलाई हस्तान्तरण नगरेसम्म लगानी गर्न सक्दछन्।’ 

इयूले संयुक्त राष्ट्रसंघको समर्थनमा एक विशेष अदालत स्थापना गर्ने प्रस्ताव पनि गरिरहेको छ। जसले रुसको आक्रामक अपराधको अनुसन्धान र अभियोजन गर्नेछ।