१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
गणेश लम्साल विराटनगर
२०७९ मङ्सिर १० शनिबार ०७:४७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मोरङ २  मा कांग्रेसकी सुजाता कोइराला पराजित 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ मङ्सिर १० शनिबार ०७:४७:००

मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा  सुजाता कोइराला पराजित बनेकी छिन् । नेकपा  (एमाले) का ऋषिकेश पोखरेल निर्वाचित भएका छन् । उनले सत्ता गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सुजाता कोइरालालाई एक हजार दुई सय ८ मतले पराजित गरे ।  

पोखरेलले ३३ हजार एक  सय ४८ मत ल्याउँदा उनकी निकटतम प्रतिद्वन्धी कांग्रेसकी कोइरालाले  ३१ हजार नौ सय ४० मत प्राप्त  गरिन् ।  सो क्षेत्रमा एक लाख २४ हजार सात सय २९ मतदाता रहेकोमा ८० हजार चार सय ३० मत खसेको थियो । 

२०७० भएको दोस्रो संविधानसभा निर्वाचनमा निर्वाचित भएका पोखरेल २०७४ को निर्वाचनमा वाम गठबन्धन हुँदा पोखरेल नेपाली कांग्रेसका मिनेन्द्र रिजालसँग पराजित भएका थिए । 

यसैगरि मोरङ १ (१) मा माओवादीका गणेश उप्रती विजयी भएका छन् । उनले १५ हजार ३३ मत पाए । उनका निकटतम प्रतिस्पर्धी एमालेका दानबहादुर कार्कीले १४ हजार ६ सय ७८ मत ल्याए । मोरङ  २(२) बाट प्रदेशसभामा काँग्रेसका विनोद कार्कीलाई पराजित गर्दै एमालेका लिलाबल्लभ अधिकारी निर्वाचित  भएका छन । अधिकारीले १७ हजार सात सय ५२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका कार्कीले १४ हजार नौ सय ५२ मत मात्र प्राप्त गरे ।