१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १७:४३:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

प्रकाश र पानीका लागि तड्पिरहेका युक्रेनीले बढाउँछन् सुरक्षाकर्मीको मनोबल  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १७:४३:oo

करिब नौ महिनादेखि रुसी आक्रमण झेलिरहेका युक्रेनी नागरिकको जीवन कष्टकर बनिरहेको छ। राजधानी किएभका बासिन्दा बिहीबार पिउने पानी र प्रकाशको अभावमा छटपटाइ रहेका थिए।

अघिल्लो दिन रुसी बम आक्रमणमा पानी र बिजुली आपूर्तिका स्रोत तहसनहस भएपछि प्रकाश, पानी र न्यानोको खोजीमा किएभका जनता हातमा खाली बोतल बोकेर अँध्यारोमा सहरका चमेनागृहतर्फ लागेका थिए।

बत्तीको सामान्य व्यवस्था भएका ती चमेनागृहमा ठूलो भीड लागेको थियो। बिहीबार रातिको दृश्य हेर्दा युक्रेनी नागरिक युद्धलाई वेवास्ता गर्दै जीवन जिउने जमर्कोमा लागेका प्रतीत हुन्थ्यो। 

तीस लाख नागरिकको बसोबास रहेको राजधानी सहर किएभमा पिउने पानीको अभाव भएपछि सर्वसाधारणले वर्षाको पानी बग्ने ‘ड्रेनपाइप’बाट जल संकलनगरेका थिए। पानी आपूर्तिको व्यवस्था मिलाउन मर्मत गर्ने टोली अथक परिश्रममा जुटेको थियो। यद्यपी धारामा पानी प्रवाह भइसकेको थिएन। 

पिउने पानी नपाएर आकुलव्याकुल बनेका नगरबासी आफ्ना साथी, परिचित तथा परिजन कसको घरमा बिजुली छ, कसको घरमा पानी छ भनेर मोबाइल फोनमा सन्देश आदानप्रदान गरिरहेका थिए।

कुनै घरमा पानी भए बत्ती थिएन, बत्ती भए पानी। नगरमा अघिल्लो दिन गरिएको भीषण हवाई आक्रमणले अकल्पनीय परिस्थितिको सामना गर्न उनीहरू बाध्य भएका थिए । यद्यपि किएभका केही स्थानमा सञ्चालन भएका चमेनागृहले उनीहरूलाई राहत दिएको थियो। 

उनान्चालीस वर्षीय ब्याङ्कर ओलेक्सी रश्चुपकिन तेस्रो तलाको आफ्नो ‘फ्ल्याट’ मा पानी आएको थाहापाएपछि ब्युझिए तर उनको ‘रेफ्रिजेरेटर’ बाट बगेको पानीले कोठा पोखरीमा परिणत भएको थियो। 

बिजुली आपूर्ति नहुँदा उदास भएका उनी ट्याक्सी चढेर निपर नदी पारिको ‘क्पाफे’मा पुगे, जहाँ तातो खाना, तातो पेय र वाइफाइसहितको सेवा प्रवाह भइरहेको थियो।

रुसी आक्रमणबाट क्याफेमा कुनै प्रभाव नपरेकाले उनको असहज परिस्थिति केही सहज भयो । ‘म यहाँ छु किनभने यहाँ तातो कफी पाइन्छ, उज्याला पनि छ, अनि यहाँ जीवन छ,’ एसोसिएटेड प्रेसका संवाददातालाई उनले भने। 

किएभ नगरका प्रमुख भिटाली क्लित्सकोले बिहीबार बिहानसम्म सहरका ७० प्रतिशत क्षेत्रमा बिजुली आपूर्ति पुनःस्थापना गरिएको बताए।

रुसी आक्रमणमा परी चारजनाले ज्यान गुमाएका बताउँदै उनले क्षेप्यास्त्र आक्रमणमा परी  थप एकजना महिलाको पनि मृत्यु भएको जानकारी दिए। हिमपातपछिको वर्षाले कठाङ्ग्रिएको किएभको जनजीवन पुनः पुरानै अवस्थामा फर्कने अपेक्षा गरिएको छ। युक्रेनीहरू रुससँग हार नमान्ने मनोवलका साथ आफ्ना सुरक्षा बललाई ढाडस् दिइरहेका छन्।

बिजुली, पानीजस्ता अत्यावश्यक आधारभूत सुविधा नभए पनि उनीहरू पुटिनसँग कुनै किसिमको सम्झौता गर्न तयार छैनन्। 
 

ad
ad