मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 April, 2025
नवीन गुरुङ संखुवासभा
Invalid date format o९:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संखुवासभा प्रदेश (क) मा ३४ मतले राजेन्द्र कार्की विजयी

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
Invalid date format o९:४२:oo

संखुवासभाको प्रदेशसभा (क) मा पाँचदलीय गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका राजेन्द्र कार्की (नवीन) विजयी भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले  दिएको जानकारी अनुसार राजेन्द्रले १३ हजार ४ सय ३३ मत प्राप्त गरेर विजयी भए ।  उनको निकटतम प्रतिद्वन्द्वी एमालेका भविश्वर गुरुङ्गले १३ हजार ३ सय ९९ मत प्राप्त गरी पराजित भए।  

नेकपा एमालेका भविश्वर गुरुङलाई ३४ मतले पछि पार्दै विजयी बनेका हुन् ।  राजेन्द्र र भविश्वरबीच कडा प्रतिस्पर्धा भएको थियो । प्रदेशसभा (क)मा ३१ हजार ५०४ मत खसेको थियो भने जिल्लाभर १ लाख १७ हजार ५५४ मतदाता रहेकोमा ६५ हजार ८९२ मत खसेको थियो ।