मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
श्रवण थापा सर्लाही
२०७९ मङ्सिर ९ शुक्रबार ०७:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सर्लाही २(क)मा कांग्रेसले कारबाही गरेका राय निर्वाचित

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७९ मङ्सिर ९ शुक्रबार ०७:२५:००

सर्लाही क्षेत्र नम्बर २ (क) मा नेपाली कांग्रेसबाट चुनावी मैदानमा होमिएका जंगीलला राय विजयी भएका छन् । मतदानकोअन्तिम समयमा आएर पत्रकाट्दै पार्टीबाट निष्काशन गरेको नेपाली कांग्रेसले उनको जित भने रोक्न सकेन । 

नेता रायले एक हजार ७६ मतान्तरले नेकपा माओवादी केन्द्रका सुनिल कुमार साहलाई पराजित गरेका हुन् । नेता रायले कुल ८ हजार दुई सय ९० मत प्राप्त गर्दा, उनका निकटतम प्रतिस्पर्धी साहले सात हजार सात सय १४ मत मात्र पाए । मत गणनाको सुरुवाती चरणमा पछि परेका रायले अन्तिम चरणमा अग्रता कायम गरेका थिए । 

चुनावी दौडमा रहेका अर्का उम्मेदवार जनमत पार्टीका भरत चौधरीले ६ हजार ६ सय ४६ मत मात्र प्राप्त गरे । यस दौडमा नेकपा एमालेका उम्मेदवार किशुन देव राय ३ हजार ५ सय ७९ मत सहित तेस्रो स्थानमा देखिए । विजयी नेता रायलाई सुरुमा मित्रवत प्रतिस्पर्धा गर्ने भनिए पनि मतदानमा दुई दिन पहिला मात्र नेपाली कांग्रेसले साधारण सदस्य समेत नरहने गरी कारबाही गरिसकेको छ । 

कांग्रेसबाटै उम्मेदवारी दिएका नेता रायको उम्मेदवारी भने खारेज भएन । जंगीलाल राय ०७० को दोस्रो संविधान सभा निर्वाचनमा सर्लाही निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका थिए । तत्कालिन तराई मधेश लोकतान्त्रिक पार्टीबाट नेपाली कांग्रेस प्रवेश गरेका रायले ०७४ को प्रतिनिधि सभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर २ मा महेन्द्र राय यादव सगँको प्रतिस्पर्धामा हार ब्यहोरेका थिए । 

यस पटकको चुनावमा पनि राय गठवन्धन दल माओवादीको चुनाव चिन्हबाट चुनावमा होमिएका महेन्द्र राय यादव सगँ मित्रवत प्रतिस्पर्धामा उत्रिएका लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार राजेन्द्र महतोको प्यानलबाट चुनावी मैदानमा थिए ।