कास्की क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार दामोदर पौडेल ‘वैरागी’ प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले निकटतम् प्रतिस्पर्धी नेकपा माओवादीका रामजीप्रसाद बराल ‘जीवन’लाई पाँच हजार चार सय ४५ मतान्तरले पराजित गरेका हुन् ।
विजयी पौडेलले २२ हजार नौ सय ८० मत पाउँदा गण्डकीका अर्थ अर्थमन्त्री समेत रहेका बरालले १७ हजार पाँच सय ३५ मत पाए । तेश्रो भएका राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले १२ हजार एक सय ८० मत पाए ।