मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ मङ्सिर ८ बिहीबार १६:०८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

धनकुटामा एमालेको ‘क्लिन स्विप’

Read Time : > 1 मिनेट
२०७९ मङ्सिर ८ बिहीबार १६:०८:००

एमालेले धनकुटामा क्लिन स्वीप गरेको छ। सत्तागठबन्धनलाई तोड्दै प्रतिनिधिसभा तथा प्रदेशसभा दुवै क्षेत्रमा एमालेले विजयी हासिल गरी क्लिन स्विप गरेको हो।

प्रतिनिधिसभातर्फ एक निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको धनकुटामा दुवैतर्फको निर्वाचनमा एमाले विजयी भएको छ। 

प्रतिनिधिसभातर्फको सम्पन्न मत परिणाम अनुसार एमालेका राजेन्द्र कुमार राईले ३० हजार १ सय १ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकतटम प्रतिद्धन्दी गठबन्धन नेपाली काग्रेसका सुनिलबहादुर थापाले २८ हजार ७ सय ४ मत प्राप्त गरे। 

एमालेका राई १ हजार ३ सय ९७ मतान्तरमा विजयी भएका छन्। यसअघि २०७४ को निर्वाचनमा पनि राईले सुनिल बहादुर थापालाई पराजित गरी विजयी भएका थिए। प्रतिनिधिसभातर्फ माओवादी केन्द्रबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवार उठेका हेमराज भण्डारीले ५ हजार ९ सय २६ मत प्राप्त गरे। धनकुटामा कुल मत ६९ हजार ४ सय ९६ खसेको थियो।

यता प्रदेशसभातर्फ पनि दुवै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा क मा एमालेका निरन राई १७ हजार १८ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकतटम प्रतिद्धन्दी गठबन्धन नेकपा समाजवादीका अर्जुनकुमार राईले १० हजार २ सय २६ मत प्राप्त गरे। 

एमालेका राईले ६ हजार ७ सय ९२ मतान्तरमा विजयी भएका छन्। अघिल्लो २०७४ को निर्वाचनमा एमालेका निरन राईले काग्रेसका उम्मेदवार मनोहरनारायण श्रेष्ठलाई पराजित गरी विजयी भएका थिए। प्रदेशसभा क मा संघीय समाजवादीका नेता रकम चेम्जोङले ८ हजार २ सय ४७ मत प्राप्त गरे। प्रदेशसभा क मा कुल मत २९ हजार ४ सय २३ खसेकोमा १ हजार २ सय ६४ मत बदर भएको थियो। 

त्यस्तै प्रदेशसभा ख मा पनि एमालेका इन्द्रमणि पराजुली विजयी भएका छन् । एमालेका इन्द्रमणि पराजुलीले १५ हजार ७ ९७ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रकी कुसुम कुमारी श्रेष्ठले ११ हजार २ सय ३० मत प्राप्त गरिन्। 

पराजुलीले ४ हजार ५ सय ६६ मतको मतान्तरमा विजयी भएका हुन् । एमालेका पार्टी अध्यक्ष समेत रहेका पराजुलीले २०७४ को निर्वाचनमा संघीय समाजवादीका उम्मेदवार अर्जुन थापालाई पराजित गरी विजयी भएका थिए।

प्रदेशसभा ख मा राप्रपाका उम्मेदवार श्यामबहादुर गुरुङले १ हजार ७ सय १५ मत प्राप्त गरेका छन्। प्रदेशसभा ख मा कुल मत ३१ हजार ७ सय ८७ खसेको थियो। मुख्य निर्वाचन अधिकृतको कार्यालयले विजयी उम्मेदवारहरुलाई पत्रकार सम्मेलन गरेर प्रमाण–पत्र वितरण गरेको थियो।