मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ७ बुधबार
  • Thursday, 19 December, 2024
२o७९ मङ्सिर ७ बुधबार १६:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बर्दिया २ बाट रेशम चौधरीका बुबा विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ७ बुधबार १६:o१:oo

डिल्लीबजार कारागारमा कैद जीवन विताइरहेका रेशम चौधरीका बुवा लालवीर चौधरी बर्दिया २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

स्वतन्त्र उम्मेदवारी दिए पनि नागरिक उन्मुक्ति पार्टीको समर्थन पाएका चौधरी २६ हजार ५२० मतसहित विजयी भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी सत्ता गठबन्धनका सुरेश पन्थले २६ हजार ३८४ मत पाएका छन् । एमालेका पंकजसिंह राठौरले १६ हजार ९० मत पाए। 

बर्दिया–२ मा नागरिक उन्मुक्तिबाट रेशमको उम्मेदवारी परेको थियो। तर, कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका व्यक्ति उम्मेदवार बन्न नपाउने भएपछि निर्वाचन आयोगले खारेज गरिदिएको  थियो। 

रेशमको उम्मेदवारी खारेज हुनसक्ने ठानेरै नागरिक उन्मुक्तिले बर्दिया २ मा उनका बुवा लालवीरलाई स्वतन्त्र उम्मेदवारी दिन लगाएको  थियो ।