मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ मङ्सिर ७ बुधबार १२:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भक्तपुर १ मा फराकिलो मतान्तरसहित नेमकिपाको अग्रता 

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ७ बुधबार १२:४९:००

भक्तपुर १ मा नेपाल मजदुर किसान पार्टीले फराकिलो अग्रता कायम गरेको छ । यहाँ नेमकिपाका उम्मेदवार प्रेम सुवालले १७ हजार पाँच सय ७२ मतसहित अग्रता लिएका छन् ।

उनीपछि एमालेका नवराज गेलाल १० हजार ३४६ मतसहित दोस्रो स्थानमा छन् । सुरुवाती चरणमा गेलालले अग्रता कायम गरे पनि पछि सुवालले उछिनेर अघि लागेका छन् । यो क्षेत्र नेमकिपाको गढ क्षेत्र मानिन्छ । यहाँ राप्रपाका भरतबहादुर खड्काले आठ हजार १८५ र माओवादीका सुनिल गोठेले चार हजार १२५ मत पाएका छन् ।