१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
अनु आचार्य काठमाडौं
२०७९ मङ्सिर ७ बुधबार ०८:३४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रसुवामा गठबन्धनका सबै उम्मेदवार विजयी

Read Time : < 1 मिनेट
अनु आचार्य, काठमाडौं
२०७९ मङ्सिर ७ बुधबार ०८:३४:००

एउटा मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा  प्रतिनिधिसभा र प्रदेश सभाका दुई वटै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार फराकिलो मतान्तरले विजयी भएका छन् । 

प्रतिनिभिसभामा नेपाली कांग्रेसका केन्दीय सदस्य मोहन आचार्य विजयी भएका छन् । उनले नेकपा एमालेका छोवाङ तेन्जिन तामाङलाई ९६२१ मत बढी ल्याएर पराजित गरे । प्राप्त मतपरिणाम अनुसार आचार्यले १८२३५ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्द्धी तामाङले ८६१४ मत प्राप्त गरेका छन् ।

त्यसैगरि, जिल्लाको प्रदेश सभा क्षेत्र क तर्फ नेपाली कांग्रेसका प्रभात तामाङ विजयी भएका छन् । उनले निकतम प्रतिद्धन्द्धी नेकपा एमालेका कुलप्रसाद भट्टलाई फराकिलो मतान्तरले पराजित गर्दै तामाङ विजयी भएका हुन् । प्राप्त परिणाम अनुसार प्रदेशको १३५१८ मत गणना गर्दा तामाङले ८१८६ मत ल्याएर विजयी भएका छन् । तामाङका प्रतिद्धन्द्धी भट्टले ४७४१ मत प्राप्त गरे । तामाङले ३४४५ मत बढी ल्याएर विजयी बने । 

त्यसैगरि प्रदेश सभा क्षेत्र ख मा वाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका इन्द्र गोतामे (जगतजंग) विजयी भएका छन् । उनले प्रतिद्धन्द्धी नेकपा एमालेका तेम्ब्रेल तामाङलाई ३६४९मतान्तरले पराजित गर्दै गोतामे विजयी भएका हुन् । गोतामेले ८५३३ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्द्धी तामाङले ४८८४ मत प्राप्त गरेका छन् ।