१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ७ बुधबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ मङ्सिर ७ बुधबार o७:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौँ- ६ (२) मा एमालेका मास्के विजयी    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ मङ्सिर ७ बुधबार o७:५७:oo

काठमाडौँ ६ (२) मा नेकपा एमालेका उम्मेदवार इञ्जीनियर अमनकुमार मास्के विजयी भएका छन्  । आज बिहान सम्पन्न मतगणनामा एमालेका मास्केले आठ हजार ५९ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिइन् ।

यस्तै नेपाली कांग्रेसका विष्णुभक्त तिमिल्सिनाले छ हजार छ सय ७१, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार चिरागमानसिंह कुँवरले तीन हजार पाँच सय ७६ र स्वतन्त्र उम्मेदवार कविन्द्रकुमार कार्कीले तीन सय २७ मत प्राप्त गरेका छन् ।

टोखा नगरपालिकाको वडा नं १ र ८ तथा तारकेश्वर नगरपालिकाको १, २, ६, ७, ८, ९, १० र ११ वडा रहेको उक्त प्रदेशसभामा २३ हजार एक सय आठ मत खसेको थियो । सोही मतमध्ये तीन सय २७ मत बदर भएको निर्वाचन अधिकृत खनालले बताइन् ।

ad
ad
ad
ad