मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर ६ मंगलबार २०:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रसुवामा फराकिलो मतान्तरले आचार्य विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर ६ मंगलबार २०:५७:००

रसुवाबाट प्रतिनिधिसभा सदस्यमा मोहन आचार्य फराकिलो मतान्तरले विजयी भएका छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका आचार्यले प्रतिस्पर्धी एमालेका छोवाङ तेन्जिन तामाङलाई ९ हजार ६२१ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्।

आचार्यले १८ हजार २३५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी तामाङले ८ हजार ६१४ मत प्राप्त गरेका छन्। आचार्य २०७४ को निर्वाचनमा रसुवाबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए। उनी दोस्रोपटक जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्।